(१) परिषदलो बनाएको वन, वातावरण नीति, कार्ययोजना, निर्णय, कार्यक्रम, परियोजनालाई
ब्यवस्थापन, समन्वय, कार्यान्वयन गर्न परिषदबाट चयन भएको .निम्नानुसारको एक समिति रहनेछ ।
# परापुर्बकालदेखि थेबे किपट क्षेत्र (सिमा) भित्र बस्ने घरधुरीबाट समितिको अध्यक्ष – १
# थेबे किपट क्षेत्र सीमाक्षेत्रमा बस्ने घरधुरीबाट समितिको उपाध्यक्ष – १
# थेबे किपट क्षेत्रभित्र बसोबास गर्ने घरधुरीबाट सचिव – १
# थेबे किपट क्षेत्रभित्र बसोबास गर्ने घरघुरीबाट कोषाध्यक्ष – १
# थेबे किपट सीमा बाहिर बस्ने किपट स्रोतमा पहुँच रहेका घरधुरीबाट सदस्य – ४ ( कम्तीमा २
जना महिला अनिवार्य)
११. समितिको काम कर्तब्य अधिकारः
(१) समितिले यस ऐनले प्रदान गरेका साथै निम्न अनुसारको कार्य गर्नेछ ।
(२) समितिले परिषदले बनाएको कानून, नियम, कार्ययोजना तथा निर्देशनको लागू गर्नेछ ।
(३) समितिले परिषदले गरेको निर्णय तथा निर्देशन अनुसार बन, वातावरण, जैिवक विविधता,
पर्याबरण संरक्षण गर्न आवश्यक काम गर्नेछ ।
(४) वातावरण, जैिबक विविधता, पर्यावरण, आदिवासीकोभूमि तथा स्रोतकोअधिकार सम्बन्धी नेपाल
पक्ष रहके ो अन्तराष्ट्रिय कानून र प्रचलित नेपाल कानून समेतको आधारमा जैबिक विविधता,
पर्यावरण तथा वातावरण संरक्षणमा परिषदले दिएको निर्देशन अनुरुप गर्ने कार्य गर्नेछ ।
(५) समितिले बन तथा वातावरण विनास नहुने गरी वन तथा स्रोतमा आश्रित समुदायका
सदस्यहरुलाई बन, चरन, जडीबुटी संकलन लगायतका परम्परादेखि प्रयोग गर्दै आएका कार्य
सदुपयोग गर्न दिने ।
(६) समितिले समुदायले परम्परादेखि उपयोग गदै आएको स्रोतको सदुपयोग गर्ने वातावरण मिलाउन
आवश्यक काम गर्नेछ ।
(७) वातावरण, जैविक विविधता, पर्यावरण तथा बन्यजन्तुलाई असर पुर्याउने, चोरी शिकारी गर्ने,
बनफँडानी, अबैध जडीबुटी संकलन, बन क्षेत्रमा अबैध प्रवेश गर्ने, गराउने, बन्यजन्तु असर
पुर्याउनेलाई कानून बमोजिम कारबाही गर्नेछ । यसता कारबाही गर्न परिषद, गाउँपालिका तथा
सम्बन्धित निकायलाई शिफारिस गर्नेछ ।
