
थेबे (लिम्बू) किपट प्रथाजनित संरक्षित बनक्षेत्र, जैविक विविधता र पर्यावरणको क्षेत्रः यसको क्षेत्र
अन्तरगत थेबे (लिम्बू) समुदायले परापुर्वदेखि संरक्षण, भोग, जगेर्ना, विकास गर्दै आएको पूर्वमा
चिसापानी खोला, कैया कट्टा पश्चिममा बेङमाटार, बकस ढु्रगा उत्तरमा बतासे, नागढुंगा र
दक्षिणमा अर्थपा भिर अर्थपा गल्छिडी) यति चार किल्ला भित्रको ९७९.७४५ हेक्टर क्षेत्रफल रहेको
छ । यसमा परम्परागत÷प्रथाजनितरुपले संरक्षण, ब्यवस्थापन र उपयोग गरेको बन, कृषि
जिबिकोपार्जनमा प्रयोग गरिएको जमिन, जलाधार, खर्क, चरन, गोठ राख्ने स्थान, सांस्कृतिक तथा
आध्यात्मिक स्थल,जलस्रोत, जलाधार चिहान लगायतका अनुसूची १ को नक्शामा दिइएका भूमिहरु
पर्दछन् । यस क्षेत्रमा रेडपाण्डा, थार, चितुवा, भालु, निगाले,झारल, मानसाप्रा, मृग, बाँदर, बँदेल,
दुम्सी, राज पंक्षी, पेलामे, जस्ता दुर्लभ जीवजन्तु, समुदायले संरक्षण गर्दै आएको बन जंगलमा लौठ
सल्ला, विभिन्न प्रजातिका गुराँस, चाँप,काउलोे, कटुस, मालिङ्गो, भालुचिण्डे, लोक्ता, बज्राँठ, फलाँट
लगाय बिभिन्न हजारौं बर्ष पुराना रुख विरुवा अनि बिखुमा, खोकिम, हाडजोर, चिराइतो, चिम्फिङ,
खानक्पा, टिम्बुर, सतुवा लगायत सयौं प्रजातिका जडीबुटी सयौं प्रजातिका चराचुरुङ्गी, पुतलि,
बनस्पति, वनमा पाइने फलफूल, जैविक विविधता, पर्यावरण, जलाधार समेतरहेको छ ।
